गण्डकीमा थपिए १०६ जना कोरोना संक्रमित

पोखरा । गण्डकी प्रदेशमा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र,पोखरामा परिक्षण गर्दा हिमाली जिल्ला मुस्ताङमा ३ सहित गण्डकीका ९ जिल्लामा गरी १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा कास्कीमा २४ ,बागलुङ ५ जना ,गोरखा २ ,लमजुङ ८ ,मुस्ताङ ३ ,नवलपरासी पुर्व ३, पर्वत ४ ,तनहुँ ४५ र स्याङजामा १२ जना गरी १०६ जना रहेका छन् । संक्रमित सबै कन्ट्याक ट्रेसिङबाट पहिचान भएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार