पाण्डबखानी माविलाई माक्स, सेनिटाइजर र साबुन सहयोग

सुरेश छन्त्याल
गलकोट । बागलुङको गलकोट नगरपालिका –१० पाण्डबखानीमा रहेको पाण्डबखानी माध्यमिक विद्यालयलाई १५ हजार बराबरको माक्स, सेनिटाइजर र साबुन हस्तान्तरण भएको छ । विद्यालयमा सञ्चालित विद्यार्थी सिकाइ सहजीकरण तथा कक्षा ११ र १२ को वार्षिक परीक्षा सञ्चालनलाई स्वास्थ्य सुरक्षा सावधानीका दृष्टिकोणले सक्दो सुरक्षित तुल्याउन टेवा पुर्याउने उद्धेश्यले गलकोट नगरपालिका–१०, पाण्डवखानी अन्तर्गत सुनपानी घर भई हाल जापानमा कार्यरत तथा पाण्डबखानी समाज जापानका प्रतिनिधि नारायण घर्ती मगर र जीवन संगिनी रुपा घर्तीले जन्म दिनको अवसरमा १५,००० रुपैयाँ बराबरको मास्क, सेनिटाइजर र साबुन आफ्ना पुज्य दाजु खगप्रसाद घर्तीज्यू र सुपुत्र रिकेन घर्तीमार्फत यस विद्यालयलाई हस्तान्तरण गर्नु भएको हो।

यस हालको यस विषम परिस्थितिमा स्वास्थ्य सामाग्री सहयोगका लागी विद्यालयका प्रअ नवीन भावुकले धन्यवाद दिँदै जन्मदिनको शुभकामना व्यक्त गर्नुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार