हरिवंशले गरे विद्यालय उद्घाटन

भक्तपुर । बरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले हिजो आफ्नो ६३ औं जन्मोत्सव फरक किसिमले मनाएका छन् । उनले अटिज्म रोग लागेका व्यक्तिहरुलाई पुनस्र्थापना गर्नका लागि बनेको नेपालकै पहिलो भवन उद्घाटन गरि हस्तान्तरण गरेर आफ्नो जन्मदिन मनाएका हुन् ।

सिंगापुर रेडक्रस सिंगापुरको सहयोगमा ‘प्रारम्भ’ सामाजिक संस्था ललितपुरद्वारा निर्मित विशेष स्कुल तथा पुर्नस्थापना केन्द्र काठमाडौंद्वारा सञ्चालित रहेको छ । कार्यक्रममा कलाकार हरिवंश आचार्य, गायिका आनी छोईङ डोल्मा, सिंगापुर रेडक्रसका तर्फबाट नेपाल प्रतिनिधि कल्पना क्षेत्री, प्रारम्भका प्रोजेक्ट डाइरेक्टर बद्रीराज तिमल्सिनालगायको उपस्थिति रहेको थियो ।

स्कुल तथा पुर्नस्थापना केन्द्र काठमाडौं तथा प्रारम्भ एसएसडिआरसी स्कुलकी अध्यक्ष सबिता उप्रेतीलाई नवनिर्मित भवन हस्तान्तरण समेत गरिएको हो । अटिज्म शारीरिक एवं मानसिक रुपमा विशेष र फरक क्षमताको प्रभाव देखिने एक भिन्नै प्रकारको रोग हो । भक्तपुर चाँगुनारायण नगरपालिका वडा न ९ स्थित याकडोलमा बनेको नवनिर्मित पक्की भवनमा ६ वटा कक्षा कोठा तथा २ वटा वाथरुम रहेका छन् ।

कुल ९३ लाख रुपैयाँ लागतमा भवन निर्माण सम्पन्न भएको प्रारम्भका प्रोजेक्ट डाइरेक्टर बद्रिराज तिमल्सिनाले कार्यक्रममा जानकारी गराए । भाडामा घर लिएर सेवा तथा अध्ययन गराउँदै आएकोमा अबका दिनमा आफ्नै भवनबाट सेवा प्रदान गर्नसक्ने वातावरण बनाई दिएकोमा संस्थाकी अध्यक्ष सबिता उप्रेतीले प्रारम्भ तथा सिंगापुर रेडक्रसलाइ धन्यवाद दिएकी थिइन् । संस्थामा हाल ४५ जना अटिज्म भएका व्यक्तिहरु रहेका छन् । हालसम्म संस्थाले २ सय ८० जना व्यक्ति पुनस्र्थापित गर्न सफल भएको छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार