त्रिशुलीमा भ्यान दुर्घटना : बेपत्तामध्ये दुई जनाको शव फेला

काठमाडौं । त्रिशुलीमा खसेको पिकअप भ्यानबाट दुई जनाको शव निकालिएको छ। गाडी भित्रबाट चालक प्युठानको झिम्रुक गाउँपालिका–१ का २३ वर्षीय सूर्य केसी र एक महिलाको शव निकालिएको शशस्त्र प्रहरी तालिम शिक्षालय कुरिनटारका एसपी मुरारी बस्नेतले सेतोपाटीलाई बताए।

गोताखोर टोली परिचालन गरी शव निकालिएको हो। प्युठानबाट बिरामी लिएर काठमाडौं आउँदै गरेको लु १ च ९७३१ नम्बरको भ्यान चितवनको इच्छाकामना गाउँपालिकास्थित पृथ्वी राजमार्गको नाग्दी खोला नजिकैबाट त्रिशूली नदीमा खसेको थियो। भ्यानमा रहेका प्युठानका ३८ वर्षीय मुकुन्दबहादुर रोक्का नदीमा पौडी खेलेर बाहिर निस्किएका छन् भने बेपत्ता तीन मध्ये दुई जनाको शव फेला परेको छ।

गाडीमा ३३ वर्षीया जमुना रोक्का र उनकी १५ वर्षीया बिरामी छोरी जिनिसा रोक्का पनि थिए। प्रहरीकाअनुसार भ्यान राजमार्गबाट करिब ६० मिटर तल खसेको छ। उक्त भ्यानलाई नदीले पुरै डुबाएको थियो। पौडी खेलेर उत्रिएका रोक्काको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार