पछिल्लो २४ घण्टामा थप १७०३ जनामा कोरोना संक्रमण , २३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ३ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ३६ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख १० हजार ६ सय ७१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २३ जनाको मृत्यु भएको छ भने देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ४ सय ३५ पुगेको छ ।

संक्रमित मध्ये १० हजार ९४४ जना होम आइसोलेसनमा छन् भने ३५४ जनाको आइसीयू तथा ५४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार