देशभर थप ८९९ जनामा कोरोना संक्रमण , १५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८ सय ९९ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ५९ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख ३४ हजार २ सय ३१ पुगेको छ भने हाल देशभर ११ हजार ६७२ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको छ भने देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ८९ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार