ओलीको कदम लोकतन्त्रको हितमा छैन : डा. भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराईले स‌ंसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम लोकतन्त्रको हितविपरीत भएको बताउनुभएको छ ।संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको प्रस्ताव गैर जिम्मेवारी पूर्ण हर्कत भएको भन्दै सबै ढंगबाट प्रतिवाद गर्नुपर्ने नेता भट्टराईले बताउनुभयो ।

डाक्टर भट्टराईले नयाँ संविधानमा देशमा राजनीतिक स्थिरता कायम गर्न प्रतिनिधिसभाको कार्यकाल ५ वर्ष किटान गरेपनि त्यस विपरित प्रधानमन्त्री ओलीको संसद् विघटनको प्रस्ताव अत्यन्त्त दुःखद भएको बताउनुभयो । उहाँले यो कदम संविधानको भावना विपरीत रहेको पनि बताउनुभएको छ ।

‘विगतका अस्थिरतालाई ध्यान दिँदै बीचमा नै संसद् विघटन गरेर अस्थिरता हुन नदिने प्रावधान राखेका थियौं । त्यस विपरीत संसद् विघटनको प्रस्ताव प्रधानमन्त्री ओलीलेको प्रस्ताव यो अत्यन्त दुःखद छ । यसले हिजैको संसदीय व्यवस्थाको जुन अस्थिरता निम्त्यायो र हामीले संविधानसभाबाट सुधारियो प्रणाली ल्यायौं यो कदमल त्यसको धज्जी उडायो । यो लोकतन्त्र र संविधानको भावना विपरीत छ । प्रधामन्त्री केपी शर्मा ओलीले गैर जिम्मेवारीपूर्ण ढंगबाट ल्याइएको यो हर्कत हर्कत उचित छैन । सबै ढंगबाट प्रतिवाद गर्नुपर्छ ,’ –उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार