म्याग्दीमा थपिए ७ जना कोरोना संक्रमित

बेनी ।म्याग्दीमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार शंकास्पद बिरामीहरुको मिति २०७७।९।२ गते ७ वटा नमुना संकलन गरी पिसिआर परिक्षणका लागि पठाईएकोमा प्राप्त रिपोर्ट अनुसार पर्वत जिल्ला पैयु –४ ठेगाना भई हाल अन्नपूर्ण गाउँपालिका म्याग्दी बस्ने वर्ष ३३ को महिला १ जना र वर्ष ४ को पुरुष १ जना, अन्नपूर्ण -६ ठेगाना भएका वर्ष ४१ का पुरुष १ जना, वर्ष २७ का महिला १ जना तथा बेनी बजार बस्ने वर्ष ३३ का पुरुष २ जना र वर्ष ४० का महिला १ जना गरी जम्मा ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

यो सगै म्याग्दी जिल्लामा कोरोना संक्रमितको संख्या १७२ जना (महिला ४२ र पुरुष १३०) पुगेको छ । हाल सम्म जम्मा २२९० वटा नमुना संकलन गरी पठाएकोमा २२९० वटा कै रिपोर्ट प्राप्त भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार