देशभर थपिए ५३४ कोरोना संक्रति , ९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ सय ३४ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ६० हजार ५ सय ९३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ४ सय ४७ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख ५२ हजार ३ सय ५९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ भने देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय ५६ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार