विद्युत सेवा अबरुद्ध

बेनी ।म्याग्दीको मालिका गाउँपालिका –४ च्युरिबोटमा विद्युत सेवा बन्द भएको छ । च्युरिबोट स्थित दाजुङ खोला लघुजलविद्युत परियोजनाको विद्युत गृहमा समस्या आएपछि मंगलबारदेखी विद्युत आपुर्ति बन्द भएको हो । विद्युत गृहको जेनेरेटरमा समस्या आएपछि विद्युत उत्पादन बन्द भएको दाजुङ खोला लघु जलविद्युत सहकारी संस्था लिमिटेड व्यवस्थापन समितिका अध्यक्ष नन्द बहादुर घर्तीले जानकारी दिनुभयो ।

विद्युत आपुर्ति विद्युत सेवा सुचारु गर्न केही दिन लाग्ने उहाँले बताउनुभयो ।विद्युत गृहको जेनेरेटर पुरानो भएको र तत्काल खरिद गर्न संस्थासंग आर्थिक क्षमता नभएकाले वडा र गाउँपालिकालाई जेनेटर खरिदका लागि आग्रह गर्ने बताउनुभयो ।

यसअघि पनि गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरको पहलमा गण्डकी प्रदेश भौतिक पुर्वाधार मन्त्रालयको सहयोगमा जलस्रोत सिंचाई विकास तथा डिभिजन कार्यालय म्याग्दी मार्फत विद्युत गृहको टर्वाइन मर्मत ,गेटबल खरिद,बर्षातको समयमा बाढीले बगाएको नहर निर्माण तथा ट्याङकी मर्मत गरिएको अध्यक्ष घर्ति मगरले जानकारी दिनुभयो ।

२०५७ सालदेखी उत्पादन सुरु भएको ३० किलोवाट क्षमताको जलविद्युत परियोजनाबाट वडा नं ३को खतेन सहित ओखरबोट ,च्युरिबोट ,महभिर र छाप गरी चार सय बढी घरधुरीले सेवा लिदै आएका छन् । सो लघुजलविद्युत परियोजनाबाट ५५ घरधुरीले खेतीका लागि सिचाई गर्दै आएका छन् भने एक पानीमिल संचालन हुँदै आएको छ । विद्युत आपुर्ती बन्द हुँदा स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् भने टिभी, कम्प्युटर मोवाइल लगायत विद्युतीय सँचार सामाग्री अवद्ध भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार