धवलागिरी गाउँपालिकाद्धारा राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग

बेनी । म्याग्दीको धवलागिरी गाउाँपलिकाले डा.महाविर पुन अध्यक्ष रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेको छ । गाउँपालिकाकी अध्यक्ष थमसरा पुन मगरले आविष्कार केन्द्रका अध्यक्ष डा.पुनलाई पचास हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको हो । अध्यक्ष पुन मगरले गाउँपालिकाको तर्फबाट राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरिएको बताउनुभयो ।

आविष्कार केन्द्रले हाल विश्वभर रुपमा फैलिएको कोभिड–१९ को महामारीमा पीपीईलगायतका सामग्रीहरू निर्माण कार्यमा खेलेको भूमिका प्रशंसायोग्य रहेको भन्दै अध्यक्ष पुनले धन्यवाद दिनुभएको छ ।देश प्रविधि, वैज्ञानिक खोज तथा अनुशन्धानमा पछाडि परिरहेको अवस्थामा यसरी राष्ट्रिय आविष्कार केन्द्र खुल्नु राम्रो पक्ष रहेको गाउँपालिकाकी अध्यक्ष पुनको भनाई छ । आविष्कार केन्द्रका अध्यक्ष अध्यक्ष डा.पुनले सामाजिक संजाल फेसबुकमा रकम हस्तान्तरण गरिएको फोटो सेयर गर्दै आर्थिक सहयोग प्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।

विज्ञान र प्रविधिका माध्यमबाट मुलुकलाई समृद्ध बनाउने उदेश्यसहित पुन यतिखेर राष्ट्रिय आविष्कार केन्द्र निर्माणका लागि संसार भर छरिएर रहेका नेपाली माझ सहयोग संकलन अभियानमा रहेका छन्। एसियाकै नोबेल पुरस्कार मानिने रोमन म्यागासेसे पुरस्कार विजेता पुन सरकारले उपेक्षा गरेकोले जनता सामु आफू पुगेको बताउनुहुन्छ। विज्ञान, प्रविधिलगायतका क्षेत्रमा आवश्यक खोज, अनुसन्धान र आविष्कारको लागि उक्त केन्द्र स्थापना गर्न ५० करोड बजेट लाग्ने पुनले बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार