लायन्स क्लबको रक्तदान कार्यक्रममा ३८ जनाले रगत दान गरे (तस्बिर सहित )

बेनी । बेनीमा सम्पन्न रक्तदान कार्यक्रममा ३८ जनाले रगत दान गरेका छन् । बेनी स्थित लायन्स क्लब अफ म्याग्दी दोभानको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा बेनी अस्पताल परिसरमा संचालित रक्तदान कार्यक्रममा ३८ जनाले रगत दान गरेका हुन् ।

????????????????????????????????????

रक्तदानमा संकलित रगत बेनी अस्पतालमा नै प्रहयोग हुने रक्तसञ्चार सेवा केन्द्रका संयोजक सुरज केसीले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि रक्तदानमा संकलित रगत पोखरा पठाउँने गरिएको थियो । क्लबको उद्धेश्य र कार्यक्रम अनुसार बेनी अस्पतालमा रगतको अभाव नहोस् भनेर रक्तदान कार्यक्रमको आयोजना गरिएको क्लबकी अध्यक्ष शर्मिला थापाले बताउनुभयो । उहाँले रक्तदानमा रगत दान गरि सहयोग गर्ने सबैलाई धन्यवाद तथा आभार व्यक्त गर्नुभयो ।

????????????????????????????????????

रक्तदान कार्यक्रमको संयोजक निवर्तमान अध्यक्ष जानकी विश्वकर्माले गर्नुभएको थियो । क्लब अध्यक्ष थापाको अध्यक्षता तथा सचिव पवित्रा बोगती केसीले कार्यक्रम संचालन गर्नुभएको थियो । कार्यक्रममा को चिफ एडभाइजर एमजेएफ लायन्स चन्द्रकुमार केसी ,स्पेसल्ली सेकेटरियट एडभाइजर एमजेएफ लायन्स सन्तोष रावल ,डिष्ट्रक एडभाइजर एमजेएफ सरोज बानियाँ ,क्लस्टर प्रमुख सुनिता केसी ,रिजन चियर पर्सन लायन्स लोकेश पुन मगर ,बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेल बहादुर कटुवाल र लायन्स क्लब अफ बेनी म्याग्दीका अध्यक्ष लायन्स सुमन श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार