कोरोना संक्रमणबाट बागलुङमा ३७ वर्षीय पुरुषको मृत्यु

बागलुङ । कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु भएको छ ।धौलागिरि अस्पतालमाउपचार गराईरहेका जैमिनी नगरपालिका—७ का ३७ वर्षीय पुरुषको मृत्यु भएको धौलागिरि अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले बताए ।

गत पुस २१ गते उनी अस्पताल भर्ना भएका थिए ।अस्पताल भर्ना भएपछि कोरोना परिक्षण गर्दा २३ गते उनको रिपोर्ट पोजेटिभ आएको थियो ।अवस्था गम्भीर भएपछि उनलाई सोमबार आईसियु कक्षामा सारिएको थियो ।

सोमबार नै हेलिकप्टरबाट काठमाडौं लैजाने प्रयास असफल भएपछि मंगलबार बिहान ८ बजे हेलिकप्टरबाट काठमाडौं लैजाने तयारी गरिएको थियो ।बिहान ७ः३० बजे नै उनको मृत्यु भएको गौतमले बताए ।अस्पताल भर्ना हुँदा नै उनको शरिरमा अक्सिजनको मात्र कम रहेको बताईएको छ । बागलुङ पोस्ट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार