देशभर थपिए ४३० जना कोरोना संक्रमित , ५ को मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप ४ सय ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ३ सय ९० जना कोरोनामुक्त भएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको छ भने निको हुनेको संख्या २ लाख ५९ हजार ३ सय ५८ पुगेको छ । यस्तै बितेको २४ घण्टामा थप ५ जनाको मृत्यु भएसँगै कुल मृतककको संख्या १ हजार ९ सय ३२ पुगेको छ । निको हुने दर ९७.६ प्रतिशत रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार