म्याग्दीमा आयो कोरोना खोप

बेनी ।कोरोना भाइरस (कोभिड–१९) विरुद्धको ‘कोभिसिल्ड’ खोप बेनी अस्पतालमा आइपुगेको छ । गण्डकी प्रदेश स्वास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्र पोखराबाट रेफ्रिजेरेटर भ्यानमा ल्याइएको ९४ भायल खोप प्रदेश स्वास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्रका कोल्ड चेन निरिक्षक हिमलाल सुबेदीले प्रजिअ उमाकान्त अधिाकारीलाई हस्तान्तरण गरेका छन् । म्याग्दीमा कोरोना नियन्त्रणका लागि फ्रन्टलाइनमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र एम्बुलेन्स चालकलाई लगाइने पहिलो प्राथमिकतामा राखेर खोप दिइने ।

स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बताए । म्याग्दीमा उपलब्ध भएको खोप ९ सय ४० जनालाई दुई चरणमा लगाउन पुग्ने प्रमुख लम्सालको भनाई छ । एक भायलमा १० डोज खोप हुन्छ । कोभिसिल्ड खोप पहिलो डोज लगाएपछि नै कोरोना भाइरससँग लड्न सक्ने क्षमता विकास सुरु हुने र चार सातापछि दोस्रो डोज लगाएपछि शरीरमा पर्याप्त एन्टिबडी बन्ने बेनी अस्पतालका डा. जितेन्द्र कँडेलले बताए । चार सातापछि दोस्रो डोज लगाएपछि शरीरमा पर्याप्त एन्टिबडी बन्ने डा. तिवारीको भनाई छ । जिल्लाका सबै ६ वटै स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीलाई खोप लगाउने जानकारी गराइएको स्वास्थ्य कार्यालयका परिवार नियोजन निरिक्षक नवराज सारुले बताए । आगामी माघ १४ गते विहानदेखि बेनी अस्पतालमा खोप लगाउन सुरु गरिने छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार