थप १५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा ४ हजार १४५ जनाको परीक्षण गर्दा ६१ जना महिला र ९८ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ११८ पुगेको छ ।

उनीहरुमध्ये २ लाख ६६ हजार ६०० जना संक्रमणमुक्त भएका छन् भने २०२९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।हाल देशभर २ हजार ४८९ जना संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ८४२ जनाको होम आइसोलेसनमा छन् भने १२८ जनाको आईसीयू र २२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । २४ घण्टामा कोरोनाबाट कोही पनि व्यक्तिको मृत्यु भएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार