गतल विवरण पेश गर्ने ३६ जनालाई मेरिट सूचीबाट हटाइयो

काठमाडौं । गतल विवरण पेस गरी चिकित्सा शिक्षा स्नातकोत्तर तह (पिजी) को प्रवेश परीक्षामा सहभागी भएकाहरूलाई चिकित्सा शिक्षा आयोगले सूचीबाट हटाएको छ । गतल विवरण पेस गर्ने ३६ जना परीक्षार्थीलाई योग्यताक्रम (मेरिट)को सूचीबाट हटाइएको हो ।

दुर्गम क्षेत्रमा कार्य गरेवापत पाउने अङ्कमा झुटो विवरण पेश गरी अंक प्राप्त गरेको देखिएको भन्दै आयोगको ३६ जनालाई योग्यता क्रमको सूचीबाट हटाएको सूचना जारी गर्दै जानकारी दिएको हो ।

एमडी एमएस र एमडीएस तर्फ शैक्षिक सत्र ०७६÷०७७ लागि लिएको एकीकृत प्रवेश परीक्षामा खुल्ला सिटबाट उत्तीर्ण भएका ३६ जनालाई योग्यता क्रमको सूचीबाट हटाएको हो । योग्यताक्रमको सूचीबाट हटाइएका विद्यार्थीहरूको संख्या एमडी एमएसतर्फ ३३ छ भने एमडीएस तर्फका ३ जना रहेका छन् । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार