त्रिभुवन विश्वविद्यालयद्वारा सबै परीक्षा स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सञ्चालित भइरहेका र संचालनको प्रक्रियामा रहेका सबै परीक्षाहरु स्थगित गरेको छ ।

कोरोना महामारीको दोस्रो लहरका कारण विभिन्न स्थानमा लकडाउन र निषेधाज्ञा जारी भएको बताउँदै केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले वार्षिक तथा सेमेस्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु वैशाख १४ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको हो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार