म्याग्दीमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

बेनी ।म्याग्दीमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार जिल्लाको बेनी नगरपालिका र रघुगंगा गाउँपालिकामा कोरोना संक्रमित थपिएका हुन् । बेनी नगरपालकामा सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा रघुगंगा गाउँपालिका वडा नम्बर ३ का ४९ बर्षिय एक पुरुष ,बेनी नगरपालिका वडा नम्बर १ की ३० बर्षिया एक महिला ,वडा नम्बर ५ का ४५ र ५४ बर्षिया दुई महिला तथा सोही नगरपालिका वडा नम्बर ७ का ५४ बर्षिया एक महिला रहेका छन् छन् ।

जिल्लामा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्ढै गएको छ । शुक्रबार मात्र म्याग्दीमा ७० जना थपिएका छन् भने एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार शुक्रबार सम्म जिल्लामा ४७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४३९ जना पीसिआर विधि र ३३ जना एन्टिजेन विधिबाट गरिएको परिक्षणमा ४७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार सम्म जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या १५७ जना रहेका छन् भने ८ जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार