म्याग्दीमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि ,एकैदिन निको भए १८८

बेनी । म्याग्दीमा शनिवार थप २३ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ। संक्रमित हुनेमा मंगला गाउँपालिकामा ९ जना , बेनी नगरपालिकामा २ जना,रघुगंगा गाँउपालिकामा ९ जना ,अन्नपुर्ण गाउँपालिकामा ३ जना गरी २३ जनामा एन्टीजेन विधिबाट गरीएको परिक्षणमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या १८८०जना पुगेको छ । संक्रमित मध्य पिसिआरबाट १४४५ जना र एन्टिजेनबाट ४३५ जना पहिचान भएका हुन्। यसैगरी जिल्लामा ३३६जना सक्रिय संक्रमित रहेका छन् । आज १८८ जना संक्रमित निको भएका छन्। अझै ४६ वटा नमुनाको रिपोर्ट आउन बाकी रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार