म्याग्दीमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि ,संक्रमित संख्या १९८४ पुग्यो

बेनी । म्याग्दीमा बुधबार थप ३४ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ। स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार जिल्लाको बेनी नगरपालिकामा ३ जना, मालिका गाउँपालिकामा १ जना , अन्नपूर्ण गाउँपालिकामा २ जना र रघुगंगा गाउँपालिकामा ३ जना गरी ९जनामा पिसिआर बिधिबाट र अन्नपूर्ण गाउँपालिकाका ८ जना, मंगला गाउँपालिकामा ७ जना , रघुगंगा गाउँपालिकामा १ जना , मालिका गाउँपालिकाका २ जना, धवलागिरी गाउँपालिकाका ४ जना र जलजला गाउँपालिकामा ३ जना गरी २५ जनामा एन्टीजेन विधिबाट गरीएको परिक्षणमा संक्रमण पुष्टि भएको हो ।

यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या १९८४ जना पुगेको छ । पिसिआरबाट १४८४जना र एन्टिजेनबाट ५०० जना पहिचान भएका हुन्। जिल्लामा सक्रिय संक्रमित संख्या २५० जना रहेका छन् । आज २८ जना संक्रमित निको भएका छन्। अmझै ७० वटा नमुनाको रिपोर्ट आउन बाँकी रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार