शारजाह युएईमा कतार एयरवेजले दैनिक उडान सुरु गर्ने

दोहा । कतार एयरवेजले १ जुलाई २०२१ देखि दैनिक उडान सहित युएईको शारजाहको उडान सेवा पुनः सुुरु गर्ने जानकारी दिएको छ । शारजाहको उडान सेवा एयरलाइन्सको अत्याधुनिक बोइङ ७८७ ड्रिमलाइनरबाट सञ्चालन हुनेछ जसको फर्स्ट क्लासमा २२ सीट र इकोनोमी क्लासमा २३२ सीटहरू हुने एयरवेजले बताएको छ ।

सेवा पुनः सञ्चालनले एशिया, अफ्रिका, अष्ट्रेलिया र अमेरिकासम्म फैलिएको एयरलाइनको व्यापक अन्तर्राष्ट्रिय नेटवर्कमार्फत शारजाहसम्म वा शारजाहबाट उडान गर्ने यात्रुहरूलाई थप सजिलो हुने बताइएको छ ।

हाल यस नेटवर्कमा १३० भन्दा बढी गन्तव्यहरु रहेका छन् भने जुलाई को अन्तसम्म साप्ताहिक १२०० उडान सहित गन्तव्य संख्या १४० भन्दा बढी वृद्धि गर्ने कम्पनीको योजना रहेको एयरवेजले जनाएको छ । अन्य शहरहरूका लागि विशेष गरी युएईमा दुबईबाट यात्रुहरूका लागि शारजाह एक वैकल्पिक प्रवेशद्वार हुने कम्पनीको भनाइ छ ।

कतार एयरवेजको फ्लाइट क्यूआर १३०६, हमाद अन्तर्राष्ट्रिय एयरपोर्टबाट १४ः३५ मा प्रस्थान गर्दै १६ः४५ मा शारजाह पुग्नेछ । त्यसैगरी, कतार एयरवेजको दैनिक उडान क्यूआर १३०७ शारजाहबाट १७ः५५ मा प्रस्थान गर्दै र १८ः०५ मा दोहा पुग्न सकिने कम्पनीले जनाएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार