कास्कीमा करेन्ट लागेर आठ वर्षीय बालकको मृत्यु

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका–१० होदुमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । स्थानीय शेरबहादुर विकका आठ वर्षीय छोरा युवराज विकको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको हो ।

आफ्नै घरको कुखुराको खोरमा बिजुलीको बल्ब नभएको खाली होल्डरमा हात घुसाउँदा करेन्ट लागेर बेहोस भएका बालकको उपचारको लागि पोखरातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार