बाढी पहिरोग्रस्त क्षेत्रमा तत्काल उद्धार र राहतमा खट्न गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलको निर्देशन

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले मनाङ्गमा भएको वाढि पहिराे प्रभावित परिवारलाई तत्काल उद्दार तथा आवश्यक सहयोग गर्न सुरक्षा प्रशासनलाई निर्देशन दिनुभएको छ।

मुख्यमन्त्री पोखरेलले मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने र डिएसपी सुवास खड्कालाई मंगलबार टेलिफोन गरी मस्र्याङ्दी नदीमा आएको बाढीका कारण डुबानमा तालगाउँका बासिन्दालाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र उनीहरुलाई वसोवासको प्रबन्ध गर्न निर्देशन दिनुभएकाे हाे।वाढि, प्रकाेप लयायत कुनै पनि विपदबाट नागरिककाे जीवन रक्षा प्रदेश सरकारकाे पहिलाे प्राथमिकता रहेकाे जानकारि दिदैं उहांले आवश्यक परे थप सहयोग गर्ने बताउनुभयो।

मुख्यमन्त्री नेपालीले प्रदेश भरिका सम्पुर्ण सुरक्षा प्रशासन र सरोकारवालाहरुलाई विशेष सुरक्षा सतर्कता अपनाउन र विपद न्यूनीकरणमा लाग्न समेत आग्रह गर्नुभएको छ।उद्धार राहतका लागि तत्कालको प्रबन्ध गर्न निर्देशन दिँदै उहाँले अपुग भएका सामग्री र रकम प्रदेश सरकारले उपलब्ध गराउने बताउनुभयाे । सोमबार देखि लगातर परेको झरीले मनाङ्गकाे चामे र नासो गाउँपालिकाका दर्जनौं घरहरु डुवानमा परेको र पहिराेले वगाएकाे स्थनीय प्रशासनले जानकारी दिएकाे छ।

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार