पहिरोका कारण बागलुङमा पाँच घर बिस्थापित

बागलुङ । निरन्तर बर्षासँगै आएको पहिरोका कारण बागलुङको काठेखोला गाउँपालिकामा पाँच घर बिस्थापीत भएका छन् । काठेखोला गाउँपालिका–७ जिरेदीमा घरमाथी र घरमुनीबाट पहिरो गएपछि पाँच परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

सदरमुकाम बागलुङ बजारहुँदै रेश जोड्ने सडकको जिरेदी भन्ने स्थानमा सडक भासिदा घरमाथि पहिरो आएको हो । जिरेदीका चित्र बहादुर कार्कीको घरमाथीबाट पहिरो आएको वडा अध्यक्ष प्रेम जिसीले बताउनुभयो ।

सोही ठाउँकै बलबहादुर जिसी, कृष्ण जिसी लगायतका घर पहिरोको उच्च जोखिममा छन् । सबै परिवारका सदस्यहरुलाई अन्यत्रै सार्ने काम भैरहेको छ । वर्षा र पहिरो नरोकिएकाले पहिरोले घर पुर्न सक्ने भएकाले विस्थापित तीन परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको लामिछानेले बताउनुभयो ।

पहिरोका कारण बागलुङ सदरमुकाम र स्थानीय तहहरुबिचको सडक सञ्जाल टुटेको छ । कालिगण्डकी करिडोरको मालढंगामा पहिरोले अबरुद्ध गरेको छ । बागलुङ कुश्मीशेरा सडक, बागलुङ बरेङ सडक, मध्यपहाडी लोकमार्ग र पालिका मुकामहरुबाट वडा कार्यालय तथा गाउँ बस्तिहरुजोड्ने सबै सडकहरुमा ठाउँ ठाउँमा पहिरो खसेको छ । dhorpatannewsबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार