म्याग्दीमा जीप दुर्घटना हुँदा दुईको मृत्यु ,६ जना घाइते

बेनी । म्याग्दीको मंगला गाउँपालिका -१ , पुर्णगाउँ तर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा जीपमा सवार दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

बुधबार सांझ मंगला गाउँपालिका-२, सिमलचौरदेखि वडा नम्बर १, पुर्ण गाउँ जाने क्रममा वडा नम्बर २को मिथौलामा ग १ ज ७६५२ नम्बरको जीप दुर्घटना हुँदा मंगला-१ का १३ बर्षिय बिमल बिक र बेनी नगरपालिका -५,की २० बर्षिया सबिना भण्डारको  घटना स्थलमै ज्यान गएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेल बहादुर कटुवालले जानकारी दिनुभयो ।

यसैगरी घाइते हुनेमा साेही मंगला गाउँपालिका -१, का  बर्ष २५ का सुजन आचार्य ,  बर्ष अन्दाजी २३ का चालक  अनिल रसाइली , बर्ष ८की एडीना नेपाली , बर्ष ३५ की गिता खत्री ,बर्ष ३५ की अमृता राम्जाली र बेनी नगरपालिका–५ की २६ बर्षिया पुस्पा भण्डारी रहेका छन् । उहाँका अनुसार  घाइते सबै मंगला गाउँपालिका-१, का हुन् । चालक सहित जीपमा ८ जना सवार थिए ।  घाइते मध्य चालक अनिल रसाइली ,अमृता राम्जाली र गिता खत्रीलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ भने पुस्पा र एडिनाको बेनी अस्पतालमा उपचार भइरहेको छ ।टाउकोमा चोट लागेका चालक रसाइलीको स्वास्थ अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइते आचार्यको निधारमा चोट, अमृताको टाउको ,घुडामा  तथा  एन्जिलाको ओठ ,घुडामा सामान्य चोट लागेको छ ।त्यस्तै एडिनाको बाया आखाको साईडमा सामन्य चोट लागेको छ भने गितालाई बाहीरी चोट लागेको छैन ।जीप सडकदेखि करिब तीन सय मिटर तल खसेको थियो ।सांघुरो घम्तीका कारण जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । अपडेट

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार