रुपन्देहीमा नगदसहित ११ जुवाडे पक्राउ

बुटवल । रुपन्देहीको कोटहिमाईमा प्रहरीले १ लाख ६८ हजार नगद सहित ११ जुवाडे पक्राउ गरेको छ । सूचनाका आधारमा प्रहरीले छापा मार्दा जुवा खेलिरहेका ११ जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

पक्राउ पर्ने जुवाडेहरुमा जिल्ला रुपन्देही कोटहीमाई गाउँपालिका ३ का मोहमद लाडले अन्सारीको घरमा जुवा खेलिरहेका धर्मेन्द्र भन्ने कम्लेश कुमार यादव, विशाल यादव, मोहमद सरिफ जोलहा, सुरज यादव, निरज कुमार यादव, संजय जैशवाल , मायादेवी गाउँपालिका ५ का भगवानदाश कुर्मी, सोनु मल्लाह, समिर धुनिया र घनश्याम यादवलाई पनि जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले जानकारी दिनुभयो ।

पक्राउ परेका जुवाडेहरुबाट प्रहरीले नगद १ लाख ६८ हजार ९०५ रुपैयाँ, बिभिन्न कम्पनीका मोबाईल १० थान, गड्डी तास र जुवा खेल्न प्रयोग गरेको प्लाष्टिकको बोरा १ थान बरामद गरी थियो । उनीहरु जुवा ऐन अनुसार कानुनी प्रकृया अगाडि बढाएको प्रहरीले जनाएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार