बुद्ध विहार परिसरमा बृक्षारोपण

म्याग्दी । बेनी स्थित बुद्ध विहार परिसरमा बृक्षारोपण गरिएको छ । लायन्स क्लब अफ बेनी माहारानीको नियमित कार्यक्रम अन्तर्गत शनिवार बेनी नगरपालिका–७ मा अवस्थित धार्मिक पर्यटकीय स्थल बुद्ध विहार परिसरमा बृक्षारोपण गरिएको हो ।

क्लबका अध्यष रेश्मा श्रेष्ठ शाक्यको नेतृत्वमा क्लबका पदाधिकारी र सदस्यहरुको टोलीले बृक्षारोपण गर्नुभएको थियो । उक्त अवसरमा आँप ५ वटा, अमला १०, धुपी १५ र फुल विभिन्न प्रजातीका २० वटा बोट रोपण गरिएको थियो ।

बृक्षारोपण कार्यक्रममा भन्ते सम्यक सम्बोधी प्राणपुत्रको प्रमुख आतित्यथा र म्याग्दी बौद्धसंघका अध्यक्ष यजन लाल शाक्य, क्लबका पूर्व अध्यक्ष प्रमिला जोशी ,रन्जिता शेरचन लगायतको विशेष आतित्यथामा सम्पन्न भएको थियो ।

क्बलका बार्षिक कार्यक्रम अन्तर्गगत बृक्षारोपण गरिएको र अन्य मानविय र सामाजिक सेवाका कार्यहरुलाई समेत संगसंगै अगाडी बढाईएको क्लबका अध्यक्ष शाक्ले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार