स्वर्ण बर्षमा म्याग्दी उद्योग वाणिज्य संघद्धारा स्वास्थ्य सामाग्री वितरण

बेनी । स्वर्ण बर्ष पुगेको अवसरमा म्याग्दी उद्योग वाणिज्य संघले स्वास्थ्य सामाग्री वितरण गरेको छ ।म्याग्दी उद्योग वाणिज्य संघले ५० बर्ष पुगेको स्वर्ण बर्षको अवसरमा आइतबार एक कार्यक्रमका विच जिल्लामा कोरोना भाइरस नियन्त्रणमा सहयोग पु¥याउने स्वास्थ्य सामाग्री सहयोग गरेको हो । जिल्लाको बेनी अस्पताल, ६ वटा स्थानीय तह, बालगृह र पत्रकार महासंघ म्याग्दीलाई गरि १ लाख ७० हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको संघले जनाएको छ ।

जिल्लामा पछिल्लो समय पुन: कारोना संक्रमितको संख्या बढ्दै गएका कारण संक्रमण न्यूनिकरणका लागि माक्स, सेनिटाइजर र ग्लोब्स सहयोग गरिएको संघका अध्यक्ष बेल बहादुरले जानकारी दिनुभयो ।बेनी अस्पतालमा भएको कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य कुविर कुमार श्रेष्ठ, महासंघका पूर्व उपाध्यक्ष प्रमोद श्रेष्ठ, निर्वतमान उत्तम कुमार कर्मचार्य, मानर्थ सदस्य नैन कुमार श्रेष्ठले बेनी अस्पतालका नि मेडिकल सुपरिटेन्डेन डा, दिवान कार्की, बाल संगठनका अध्यक्ष राजेश शाक्य, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश पौडेललाई सामाग्री हस्तान्तरण गरेका थिए ।

संघको पालिका स्तरमा रहेका ईकाइहरु मार्फत स्थानीय तहहरुलाई सामाग्री उपलब्ध गराईने उद्योग बाणिज्य संघका अमित बानियाँले बताउनुभयो । उहाँका अनुसार वि।स २०२७ सालमा स्थापना भएको संघको २ हजार बढी सदस्य रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार