बागलुङ गलकोटको एक पसलमा आगलागी

बागलुङ । जिल्लाको गलकोट नगरपालिका—६ मा आगलागी भएको छ । गयराती एक तरकारी पसलमा आगो लागी भएको बताईएको छ ।

गलकोट नगरपालिका—६ नौबिसेचोकमा रहेको राजु गैरेको घरको भुइँतलामा रहेको पसलमा गयराती करिब १२ बजेको समयमा आगो लाग्दा तरकारी पसल पूर्ण रुपमा क्षति भएको छ । पूर्णबहादुर तामाङले सञ्चालन गर्दै आएको तरकारी पसलमा आगो लागेपछि पसलका सामान पूर्ण रुपमा नष्ट भएको बताईएको छ ।

१२ बजे लागेको आगो राती २ बजे मात्रै स्थानीय सक्रियतामा नियन्त्रणमा लिईएको थियो । ईलाका प्रहरी कार्यालय हरिचौरका प्रहरी निरीक्षक अर्जुन बम मल्लका अनुसार आगोका कारण चार लाख बढिको क्षति भएको छ । बुधबार बिहान स्थानीय जनप्रतिनिधि र प्रहरीको टोलीले घटनास्थलको मुचुल्का तयार पारेको छ ।

समयमै थाहा पाएका कारण ठूलो क्षति हुनबाट जोगिएको स्थानीयले बताएका छन् । भुइँ तलामा क्षति भए पनि घरको अरु भाग भने जोगाउन सफल भएका छन् । baglungpostबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार