आगलागी पीडित सह–सचिव शर्मालाई महासंघ म्याग्दी शाखाको राहत सहयोग

म्याग्दी । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका सह–सचिव प्रमोद शर्मालाई राहत सहयोग गरिएको छ । मंगलबार महासंघ म्याग्दी शाखाद्धारा संकलित ७५ हजार रुपैयाँ सह–सचिव शर्मालाई सहयोग गरिएको हो ।

शर्माले सञ्चालन गर्नुभएको बेनीको न्युरोड स्थित रघुगंगा जुस कर्नर एण्ड डेरी मंगलबार विहान साढे २ बजेको समयमा आगलागिबाट पुर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागिबाट पुर्ण क्षति भएपछि तत्काल व्यवस्थापनको लागि महासंघले राहत सहयोग रकम जुटाएको हो ।

पत्रकार महासंघ म्याग्दी शाखाले स्थापना गरेको पत्रकार आपतकालिन कोषबाट दश हजार ,शाखाका सदस्य , साधारण सदस्य तथा बेनी स्थित समाजसेवीहरुबाट संकलित ६५ हजार गरी ७५ हजार रुपैयाँ सहयोग गरिएको शाखाका अध्यक्ष प्रकाश पौडेलले बताउनुभयो । विपदको समयमा तत्काल व्यवस्थापनको लागि उक्त रकम सहयोग गरिएको उहाँँले बताउनुभयो ।

यस्तै अध्यक्ष पौडेलले विपदको समयमा सहयोग गर्न सबैलाई आह्वान समेत गर्नुभएको छ । ‘पत्रकारीता क्षेत्रमा क्रियाशिल सह–सचिव शर्माद्धारा संचालित डेरी आगलागिबाट पुर्ण रुपमा जलेर नष्ट भएको अप्रत्यासित घटनाले दुखित बनाएको छ । विपदको समयमा तत्काल व्यवस्थापनका लागि राहत सहयोग गरिएको छ ,’अध्यक्ष पौडेलले भन्नुभयो ।

आगलागिबाट उहाँको पसल संगै जोडिएको नयन किराना स्टोर्स समेत जलेर नष्ट भएको छ । विद्युत सर्ट भइ आगलागि भएको हुन सक्ने अनुमान गरिएको छ । पछिल्लो समयमा महासंघले विपदमा परेका आफ्ना सदस्यहरुलाई पत्रकार आपतकालिन राहत स्थापना गरी सहयोग गर्दै आएको छ । शर्मा बेनीबाट प्रकाशित हुने रुप्से दैनिकका सम्पादक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार