वारीबेनीमा पहिरोले पुरिएर एक जनाको मृत्यु

बेनी । पर्वतको जलजला गाउँपालिका–३,वारीबेनीमा पहिरोमा परिएर एक जनाको मृत्यु भएको छ । म्याग्दीको सदरमुकाम बेनी संगै जोडिएको वारीबेनी स्थित ग्यारेजमा बिहिबार माथिबाट खसेको सुख्खा पहिरोले पुरिँदा म्याग्दीको अन्नपुर्ण गाउँपालिका–८ का अन्दाजी ३८ बर्षिया टेकमान गर्बुजाको मृत्यु भएको वारीबेनी प्रहरी चौकीका प्रहरी नायव निरिक्षक भरत गौतमले जानकारी दिनुभयो ।

गर्बुजाको घटना स्थलमै मृत्यु भएको हो । भने सोही पहिरोले दुई मजदुर घाइते भएका छन् । गर्बुजा रारा अटोमोवाइल्सको ग्यारेजमा गाडी मर्मतका लागि जानुभएको थियो । प्रहरीका अनुसार पहिरो खसेपछि भाग्ने क्रममा घाइते भएका मजदुर राजु ठाकुर र जन्की खानको म्याग्दीको बेनी अस्पतालमा उपचार भइरहेको छ ।

उनिहरु खतरामुक्त भएका छन् । पहिरोले पुरिएर मृतक गर्बुजा धनी र चालक रहेको ग १ ज ६६३२ नम्बरको महिन्द्रा कम्पनीको बोलेरो जिप र ध १ ज ९८६ नम्बरको इको भ्याटमा क्षति पुगेको छ । गाडी मर्मत गरिहेको अवस्थामा एक्कासी ढिस्को सहितको पहिरो खसेर ग्यारेज पुरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार