कोरोना संक्रमणका कारण बागलुङमा थप एक जनाको मृत्यु

बागलुङ । बागलुङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नम्बर १२ का ७२ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

ती पुरुषलाई भदौ ३ गते संक्रमण पुष्टि भएको घिमिरेले बताउनुभयो । उनले साउन २६ गते कोरोना संक्रमण विरुद्धको पहिलो डोज खोप लगाएका थिए । उनलाई संक्रमणसँगै अन्य रोगबाट समेत ग्रसित भएको स्वास्थ्यकर्मीको भनाई छ । उनको सोमबार राति ११ः१५ मा मृत्यु भएको थियो ।

यससँगै बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ । अहिले जिल्लामा चार सय २५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । baglungबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार