बेनी–जोमसोम, बेनी–दरबाङ र बेनी–बागलुङ सडक अवरुद्ध

बेनी । केही दिनदेखि यता परेको अबिरल बर्षाका कारण म्याग्दीका मुख्य तीन वटा सहित अधिकांश ग्रामिण सडक अवरुद्ध भएका छन् । बर्षातसंगै पहिरो खसेर बेनी–दरबाङ , बेनी–बागलुङ र बेनी–जोमसोम सडक अवरुद्ध भएका हुन् ।

यी तीन वतै सडक म्याग्दीका लाइफलाइन सडक मानिन्छ । बेनी दरबाङ सडक खण्ड अन्तर्गत बेनी नगरपालिका वडा नम्बर ४ घुमाउने भिर र मालिका गाउँपालिका–६ वाङ्गे पहिरो स्थित सडक माथिबाट ढुङ्गा माटो लेडो सहितको पहिरो खसी सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरिक्षक विरेन्द«राज गुरुङका अनुसार अन्नपुर्ण गाउँपालिका १३ गुईठे , रुप्से छहरा र काभ्रेभिरमा खसेको पहिरोले ७६ किलोमिटर दुरीको बेनी जोमसोम सडकमा सिधा यातायात सम्पर्क बिच्छेद भएको छ ।

बेनी नगरपालिकाको वडा नम्बर १ रत्नेचौर हुँदै छिमेकी जिल्ला बागलुङ जोड्ने बेनी– बागलुङ सडक भसभसेको पहिरोले अवरुद्ध बनेको छ । ढुङ्गा,लेडो र हिलोका कारण विभिन्न ठाउँमा सवारी साधन फसेको छन् ।

सडक अवरुद्ध हुँदा आवत जावत , निर्माण , र्दनिक उपभोग्य सामाग्री ढ्वानी तथा ग्रामीण क्षेत्रका कृषकले उत्पादन गरेको आलु लगायतका कृषि उपज निकासीमा समस्या भएको छ । सम्बन्धित पालिका , प्रहरी , बेनी जोमसोम कोरला सडक आयोजना र पूर्वाधार विकास कार्यालयले अवरुद्ध सडक मर्मत गरी खुलाउने प्रयास गरेपनि बर्षा नरोकिएकाले सफल भएको छैन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार