धानले हरियाली रत्नेचौर फाँट (फोटो फिचर)

बेनी । म्याग्दीको बेनी नगरपालिका–१,रत्नेचौरका किसानले रोपेका धानको हरियाली फाँट । हिमाली जिल्ला म्याग्दीमा समयमै बर्षा हुँदा यस बर्ष ९७ प्रतिशत भन्दा बढी धान रोपाइँ सम्पन्न भएको छ ।

म्याग्दीमा गौरिया, जेठोबुढो, जर्नेली, पहेँले, मार्सी, ताकमारे, भट्टे, छमरुङ, माछापुच्छ«्रे, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २, गुडुरा, दर्माली, आङा (कालो धान), झिनुवा जस्ता स्थानीय (लोकल) जातका धानहरु रोप्ने गरिएको छ । पछिल्लो समय जिल्लाको केही ठाउँमा किसानहरुले सुख्खा धान १, २, ३ नामको जात समेत रोप्न थालेका छन् । किसानहरुले भने भात खानकै लागि भनेर बारीलाई खेत बनाएर धान रोप्दै आएका छन् । पाखो बारीमा घैया धान रोप्ने चलन पनि रहेको छ ।
तस्बिर : म्याग्दी न्युज डटकम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार