
बेनी । नेत्रविक्रम चन्द (विप्लप )नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारी म्याग्दीको अध्यक्षमा विनय खड्का चयन हुनुभएको छ । संगठनको शनिबार बेनीमा सम्पन्न १८ औँ जिल्ला सम्मेलनबाट खड्काको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा युवराज , सचिवमा राजिन , सह–सचिवमा आशिष र कोषाध्यक्षमा दिपा घर्ति मगर लगायत रहनुभएको छ । सदस्यहरुमा सोविता खड्का , सुमित्रा गौतम , सृष्टि रिजाल , विशाल नेपाली । शिव गौतम , सुजता आले र रमेश छन्त्याल लगायत रहनुभएको छ ।
सम्मेलनको उट्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टीका केन्दि«य सदस्य एवम् म्याग्दी जिल्ला इन्चार्ज ध्रुव घिमिरे (विप्लव)ले अहिलेको शिक्षा बेरोजगार उत्पादन गर्ने कारखाना भएको बताउनुभयो । उहाँले मुलुकका हरेक क्षेत्रमा दलालहरु हावि हुनुमा मुलुकको राज्य संरचना र शिक्षा निति जिम्मेवार रहेको बताउँदै समान र व्यवहारिक शिक्षाका लागि वैज्ञानिक शिक्षा प्रणाली आवश्यक रहेको जोड दिनुभयो ।
नेकपा म्याग्दीका सेक्रेटरी शुसिला विश्वकर्माले मुलुकको हरेक परिवर्तनमा विद्यार्थीको योगदान नेतृत्वदायी रहेको बताउँदै समाज परिवर्तनको लागि विद्यार्थीहरु थप शसक्त हुनुपर्नेमा जोड दिनुभयो । अनेरास्ववियु क्रान्तिकारी धौलागिरी ब्यूरो इन्चार्ज सुरेन्द« बस्नेतले गरिब र धनीका बालबालिकाहरुले पढ्ने पाठ्यक्रम एउटै नहुँदा सम्म समान शिक्षाको प्रत्याभुति नहुने बताउनुभयो ।
यसैबीच नेकपा म्याग्दीले शनिबार एमसीसी सम्झौता खारेजको माग गदैृ बेनीमा प्रदर्शन सहित विरोध जनाएको छ । बेनीको सहिद स्मृति चोकमा आयोजित विरोध सभामा एमसीसी खारेजको माग गर्नुका साथै सम्झौता पत्रको प्रतिलिपिमा आगो लगाएर जलाईएको थियो ।