बालगृहलाई शैक्षिक र स्वास्थ्य सामग्री सहयोग(तस्बिर सहित )

म्याग्दी । म्याग्दीको बालगृहलाई शैक्षिक तथा स्वास्थ्य सामग्री वितरण गरिएको छ । राष्ट्रिय बाल दिवसको अवसरमा मंगलबार आयोजित एक कार्यक्रमका विच स्वास्थ्य कार्यालय म्याग्दीले स्वास्थ्य सामग्री र सामाजिका विकास कार्यालय म्याग्दीले शैक्षिक सामग्री सहयोग गरेका हुन् । उक्त सामग्री जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसी र प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी लगायतले नेपाल बाल संगठन म्याग्दीका सचिव सन्दिप खत्री र बालगृहका बालबालिकालाई हस्तान्तरण गर्नुभएको हो ।

बालगृहमा रहेका एघार जना बालबालिकाहरुलाई सामाजिक विकास कार्यालयले स्टेशनरी र स्वास्थ्य कार्यालयले स्वास्थ्य सामग्री सहयोग गरेको सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापा मगरले बताउनुभयो । सोही अवसरमा स्वास्थ्य कार्यालयको प्राविधिक सहयोगमा बालगृहका बालबालिकाहरुको स्वास्थ्य परिक्षण समेत गरिएको छ । कार्यक्रममा जिसस प्रमुख केसीले सहयोग प्रति आभार व्यक्त गर्दै सबैले बालबालिकाको हित र अधिकारका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बालबालिका भविष्यको कर्णधार भएको बताउनुभयो । अनाथ बालबालिकाहरुको  शिक्षा, स्वास्थ्य र संरक्षण गर्न सबैकाे दायीत्व भएको उहाँको भनाई थियो ।समुदाय, सरकार तथा विद्यालय र स्वास्थ्य सेवा पनि बालमैत्री हुन आवश्यक रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रजिअ अधिकारीले सहयोगप्रति आभार व्यक्त गर्दै बाल दिवसको शुभकामना व्यक्त गर्नुभयो ।स्वास्थ्य कार्यालयको प्राविधिक सहयोग र सामाजिक विकास कार्यालय म्याग्दीको आयोजनामा संचालित कार्यक्रमको संचालन कार्यालय प्रमुख थापा मगरले गर्नुभएको थियो । कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी ,स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्साल ,बेनपा–७ ,का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ र बेनी सामुदायीक माविका प्रअ दिपक श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार