असोज १ गतेबाट ललितपुरका विद्यालय खुल्ने,सामुदायिक विद्यालयलाई मास्क र स्यानिटाइजर महानगरले दिने

ललितपुर । ललितपुर महानगरपालिकाभित्रका विद्यालयहरू आगामी असोज १ गतेबाट खुल्ने भएका छन्। विद्यालय सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड कडाईका साथ अपनाउन निर्देशन दिँदै महानगरले सामुदायिक विद्यालयलाई मास्क र स्यानिटाइजर प्रदान गर्ने बताएको छ।

महानगरस्तरीय शिक्षा समितिको बैठकको निर्णयपछि महानगरभित्रका संस्थागत र सामुदायिक विद्यालय खुल्ने भएका हुन्।पठन पाठन सुरु गर्न लाग्दा विद्यालय व्यवस्थापन समितिले अभिभावक र सरोकारवालासँग समन्वय र छलफल महानगर शिक्षा शाखाका प्रमुख महेन्द्र बहादुर क्षेत्रीले बताउनुभयो।

उहाँले कोभिड १९को प्रभाव कम हुँदै गएकाले स्वास्थ्य मापदण्ड पालना गर्दै विद्यालय सञ्चालनको अनुमति दिएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा, नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी विद्यालय संचालन गर्नुपर्नेछ।’उहाँले विद्यालयको भौतिक, शैक्षिक अवस्था अनुसार कार्ययोजना समेत तयार पार्नसमेत विद्यालयलाई अनुरोध गर्नुभयो। क्षेत्रीले विद्यालयहरुले मापदण्ड पुरा गरे नगरेको अनुगमन समितिले अनुगमन गर्ने बताउनुभयो।

सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार