
पोखरा । प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेशले ९ सय जनाभन्दा बढी स्वास्थ्यकर्मी माग गर्दै दरखास्त आह्वान गरेको छ । आज गोरखापत्रमा सूचना निकालेर आयोगले खुला र समावेशीतर्फ मेडिकल अधिकृतलगायत विभिन्न पदमा दरखास्त खुलाएको छ।
सबैभन्दा धेरै अहेव खुलातर्फ माग गरिएको छ। १७२ जना माग भएको हो। यस्तै अनमी खुलामा १३० जना माग भएको छ।मेडिकल अधिकृतमा खुला र महिला गरी १३ जना माग गरिएको छ। कृषि भेटेरेनरीमा पनि ५२ जनाभन्दा धेरै माग भएको छ।
हेर्नुहोस् सुचना