राज्यलाई जनताप्रति जिम्मेवार बनाउँदै लैजान्छौँ : अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले राज्यलाई जनताप्रति जिम्मेवार बनाउँदै लैजाने नीति सरकारले लिएको बताउनुभइको छ । शुक्रबार काठमाडौँमा अखिल क्रान्तिकारीको क्याम्पस जिल्ला सम्मेलन उद्घाटन गर्दै अर्थमन्त्री शर्माले विभिन्न क्षेत्रका जनताको समस्या बुझ्दै राज्यलाई उनीहरुप्रति जिम्मेवार बनाउँदै लैजाने नीति लिएको बताउनुभएको छ ।

उहाँले मुलुकको परिवर्तनमा बलिदानी दिने घर परिवारलाई मासिक भत्ता दिनेदेखि जटिल बिरामीहरुलाई राहत प्रदान गर्ने निर्णय सरकारले गरेको र बजेटमा पनि समावेश गरिएको जानकारी दिनुभयो । त्यस्तै, गरिब घरपरिवारलाई एकपटकका लागि १० हजार रुपैयाँ दिने निर्णय सरकारले गरेको उहाँले बताउनुभयो । अर्थमन्त्री शर्माले युवाहरुलाई उत्पादनसँग जोडेर मात्र मुलुकको आर्थिक वृद्धि सम्भव रहेको धारणा राख्नुभयो ।

त्यस्तै मुलुकभर रहेका सामुदायिक विद्यालयको स्तरोन्तति गर्न आवश्यक कार्यक्रमका साथै बजेटको व्यवस्था सरकारले गर्ने उहाँले बताउनुभयो ।उहाँले विद्यार्थी आन्दोलनलाई शैक्षिक मुद्धामा केन्द्रित गर्नुपर्ने अहिलको आवश्यकता रहेको भन्दै त्यसैमा केन्द्रिय हुन विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार