चार दिनदेखी विद्युत अवरुद्ध , करिब चार सय घरधुरी अन्धकारमा

बेनी । म्याग्दीको मालिका गाउँपालिका–४ मा चार दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ । च्युरिबोट स्थित विद्युत गृहको तर्वाइनको बेरिङ बिग्रिएपछि १४ असाेज देखि विद्युत अवरुद्ध भएको दाजुङ खोला लघुजल विद्युत सहकारी संस्था लिमिटेड व्यवस्थापन समितिका अध्यक्ष नन्दबहादुर घर्ती मगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त लघुजलविद्युत परियोजनाको क्षमता ३० किलोवाट रहेको छ । विद्युत आपुर्ती अवरुद्ध हुँदा च्युरिबोट ,ओखरबोट ,महभिर छाप ,खतेन लगायत गाउँका तीन सय ९३ घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । बुटवलबाट बेरीङ खरिद गरेर ल्याउनुपर्ने भएकोले विद्युत सेवा सुचारु हुन अझै केही समय लाग्ने उहाँले जानकारी दिनुभयो ।

आर्थिक अभावका कारण बेरिङ फेर्न प्राविधिक ल्याउन समस्या भएको अध्क्ष घर्ती मगरले बताउनुभयो । गाउँपालिकाको अधिकांश बस्तीमा केन्द्रिय प्रशारण लाइनको विद्युत पहुँच पुगेको भएपनि वडा नम्बर ४ को फुलबारी र केही बस्ती बाहेकका अन्य बस्तीमा भने अझै विस्तार हुन सकेको छैन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार