कांग्रेस म्याग्दीको मतगणना सुरु (फोटो फिचर )

बेनी । नेपाली कांग्रेस म्याग्दीको सर्वसम्मत नभएका पदमा भएको मतदानको मतगणना सुरु भएको छ ।सातौं जिल्ला अधिवेशनमा सर्वसम्मत सहमति नभएका पदमा विहिबार मतदान भएको थियो । जिल्ला समन्वय समितिको सभाहलमा शुक्रबार बिहानदेखि सुरु भएको हो । महाधिवेशन प्रतिनिधिको मतदानबाट मतगणना सुरु गरिएको थियो । मतदानमा कुल ७३८ मतदातामा ७१२ मत खसेकाे छ । दुई जना उपसभापतिमा क्याप्टेन डमबहादुर गर्बुजा पुन, हरिकुमार श्रेष्ठ, माधबप्रसाद रेग्मी, क्याप्टेन मिनबहादुर कार्की, कणर्बहादुर भण्डारी केबी र कमल छन्त्याल विच प्रतिस्पर्धा हुने छ ।

१० जना खुल्ला महाधिबेशन प्रतिनिधीमा राजेन्द्र श्रेष्ठ, शिब के.सी., चिरञ्जिबी शर्मा, उदिमबहादुर पुन, बिपिन खड्का, मुकुन छन्त्याल, जिबनकुमार मल्ल, मनमोहन बुढाथोकी छन्त्याल, रबिन्द्र गर्बुजा पुन, लालबहादुर थापा क्षेत्री (माइकल), श्रीप्रसाद रोकामगर, धनबहादुर छन्त्याल, बिक्रम बोगटी, दिपेन्द्र शर्मा रिजाल, मानकाजी घिमिरे, रमेशकुमार श्रेष्ठ, रेशमबहादुर बानियाँ र नेत्रबहादुर महत रहेका छन् । केही पदमा भने बुधबार राति र विहिबार विहान सर्वसम्मत रुपमा चयन गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार