
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी ओलीलाई मधेस रकधेसीको ‘खलनायक’ भएको टिप्पणी गर्नुभएको छ । मधेसी जनताको हक सुनिश्चित गर्न आफूले संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गराउँदा ओलीले पारित हुन नदिएको उहाँले जिकिर गर्नुभयो।
बुधबार महोत्तरीको रामगोपालपुरस्थित स्वास्थ्य केन्द्र उद्घाटन गर्दै उहाँले मधेसले चुनाव जिताएर आफूलाई प्रधानमन्त्री बनाएको गुण कहिल्यै बिर्सिन नसक्ने बताउनुभयो।‘मधेसी जनताका अधिकार संविधानमा सुनिश्चित गर्न गरिएको प्रयत्नलाई ओली र एमाले गुटले सफल हुन दिएन,’ उहाँले भन्नुभयो। ओली र एमाले मधेस र मधेसी विरोधी छ भन्नेमा अब कुनै भ्रम नरहेको उहाँले बताउनुभयो।
‘ओली मधेसविरोधी मात्र नभई देश,संविधान, समानुपातिकता, समावेशिताका पनि विरोधी हुन्।’ मधेसविरोधी तत्वको नेतृत्वमा रहेको सरकारमा ‘मधेसी जनताका मसिहा हौं’भन्ने महन्थ ठाकुर र राजेन्द्र महतोहरू घुँडा टेकेर सामेल भएको आरोप लगाउनुभयो।‘अब पनि मधेसी जनतामा केही भ्रम बाँकी छरु’ उहाँले थप्नुभयो, ‘को मधेसी जनताको मित्र, को दुस्मने, स्पष्ट भइसक्यो।’
उत्पीडित जनताको हकअधिकारका लागि रगत बगाउने आफू कहिल्यै नझुक्ने बरु मर्न तयार हुने दाहालको भनाइ थियो। ‘दलाल तत्वले जहिल्यै विश्वासघात र बेइमानी गर्छ। माओवादी केन्द्र नै मधेसी जनता, आदिवासी जनजातिलगायत उत्पीडित समुदायको नायक हो,’ उहाँले भन्नुभयो, ‘अब मधेसी जनता कुनै महन्थरराजेन्द्रहरू र विदेशीले सिँगारपटार गरेर पठाएकाहरूको पछि लाग्नुहुनेछैन। मधेसी जनताको पक्षमा इमानदारीपूर्वक लडिरहेकाले अबको निर्वाचनबाट प्रदेश २ मा माओवादी केन्द्र एक नम्बर पार्टी बन्नेछ।’ उहाँले भावुक हुँदै थप्नुभयो, ‘म अन्तिम साससम्म तपाईंहरूको पक्षमा लडिरहन्छु।’ दाहालले पहाड र मधेसका उत्पीडितबीच तुलना गर्दै पहाडका निमुखा जनतालाई पहाडिया सामन्तले ठगेजस्तै मधेसकालाई पनि मधेसकै सामन्त जमिनदारले ठगेको स्पष्ट पार्नुभयो।
एमाले र माओवादी केन्द्रबीचको एकीकरण र फुटको सन्दर्भ जोड्दै दाहालले भन्नुभयो, ‘बलियो कम्युनिस्ट पार्टी बनाएर देशविकासलाई गति दिने सपना थियो। ओलीले कुठाराघात गरिदिए।’ जनताको एकताभन्दा ठूलो कुनै ताकत नभएको उल्लेख गर्दै दाहालले देशभित्र र बाहिरका ठूला ताकतसँग मिलेर आफूलाई बादशाह घोषणा गर्न तयार भएका ओलीलाई बालुवाटारबाट बालकोट पुर्याएको उहाँले बताउनुभयो। जनताको शक्तिले यो सम्भव भएको उहाँको भनाइ थियो। ‘अहिले सातै प्रदेशमा ओलीबिहिन सरकार बनेको छ,’ उहाँले भन्नुभयो, ‘सातै प्रदेशमा गठबन्धको सरकार छ।’
अब फेरि मधेसी जनताको हक खोस्ने संविधान संशोधन नगर्नेप्रति धोका दिन्छ भने लाखौंको संख्यामा सडकमा निस्कन अपिल गर्दै उहाँले भन्नुभयो,‘जनताको एकता र ताकतको अगाडि कुनै शक्तिको जोर चल्दैन। मधेसी जनताले पुरै अधिकार पाएका छैनन्, संविधान संशोधनको प्रस्ताव दुईचोटि दर्ता गराएको छु, त्यो पास नहुँदासम्म सिंहदरबार र बालुवाटारमा लडिरहन्छु।’ अहिलेको गठबन्धन सरकारमा प्रधानमन्त्री आफू प्रधानमन्त्री नभए पनि प्रधानमन्त्री बनाउने मान्छे भएको बताउनुभयो।
चुरे दोहनको विषय महोत्तरीको मात्र नभई मधेसकै जल्दोबल्दो समस्या भएको उहाँले बताउनुभयो। ‘चुरे दोहन गर्ने र गिट्टीढुंगा बाहिर बेच्ने काम हुनुहुँदैन। गठबन्धन सरकारले चुरे संरक्षणको एकीकृत योजना ल्याएर मधेसलाई मरुभूमीकरण हुनबाट रोक्छौं,’ उहाँले भन्नुभयो। मधेसको जीवन र जमिन जोगाउन सबै प्रयत्न गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो। महोत्तरीको सदरमुकाम जलेश्वरमा वर्षौंदेखि खालि रहेको मणिपालको जग्गामा छिट्टै इन्जिनियरिङ कलेजरस्वास्थ्य प्रतिष्ठान वा यस्तै कुनै ठूलो परियोजना आउने दाहालले बताउनुभयो।
रामगोपालपुर जानुअघि दाहाल जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै सामाधान हुने बताएका थिए। उहाँले भन्नुभयो, ‘सर्वोच्चको समस्या अदालतभित्रैबाट सामाधन हुने विश्वास छ।’ सरकारलाई सहयोग गर्न गठित पाँचदलीय गठबन्धन समन्वय समितिको बैठकले सन्तुलित वक्तव्य दिइसकेको जनाउँदै उनले यस विषयमा थप बोल्न आवश्यक नरहेको बताउनुभयो। nagariknews.nagariknetworkबाट