
चितवन । नेकपा (एमाले) स्थायी कमिटी सदस्य शंकर पोखरेलले एमाले एकताका साथ महाधिवेशनमा होमिएको बताउनुभएको छ । दशौँ महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी कार्यकर्ताहरूलाई शुभकामना दिँदै पोखरेलले भन्नुभयो, “पार्टी एकताबद्ध र एकढिक्का छ । यतिबेला नेतृत्वप्रति असहमति प्रदान गर्ने कुरा पार्टी र आन्दोलनको हितमा हुँदैन ।”
विगतका महाधिवेशनमा जस्तो यसपटक कोही पनि समूहगत रूपमा विभाजित नभएको भन्दै पोखरेलले महाधिवेशनले सशक्त र एकताबद्ध एमाले निर्माण हुने बताउनुभयो। “हामी कुनै विचार समूहमा विभाजित भएका छैनौँ । महाधिवेशनबाट सशक्त र एकताबद्ध एमाले निर्माण गर्दैछौँ,” पोखरेलले भन्नुभयो, “कार्यकर्ताहरूले दिएको म्यान्डेटअनुसार हामी अगाडि बढेका छौँ । कार्यकर्ताहरूको म्यान्डेटविपरीत हामी अगाडि बढ्दैनौँ ।” नागरिक खबरबाट