शिख माविको ६७ औँ वार्षिकोत्सवमा एक करोड रुपैयाँको अक्षयकोष घोषणा

सुरेन गुरुङ
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –५ स्थित शिख मावीले आफ्नो ६७ औं बार्षिकोत्सव मनाएको छ । बुधबार एक कार्यक्रमका विच विद्यालयले विभिन्न कार्यक्रमको आयोजना गरेर बार्षिकोत्सव मनाएको हो । वार्षिक उत्सवको अवसरमा प्रमुख अतिथिमा सुबेदार मेजर डिल्लीराज गर्बुजाले तल्लो , उपल्लो शिख, स्वात , फलाते , किन्दुको शिक्षा र कृषि क्षेत्रको विकासका लागि एक करोड रुपैयाँको अक्षयकोष स्थापना गरिएको घोषणा गर्नुभयो ।

डिल्लीराज , क्याप्टेन उमेशकुमार पुन र शिख्तानी समाज युकेका पूर्व अध्यक्ष दान बहादुर गर्बुजाको तर्फबाट कोष स्थापना गरिएको बताउनुभयो । शिख माविको कक्षा १२ मा उत्कृष्ट नम्बर ल्याएर उत्तिर्ण हुने प्रथम, दृतिय र तेस्रो हुनेलाई उच्च शिक्षामा सघाउने र कृषि विशेष गरेर खेतीलाई प्रवद्धन गर्न कोष परिचालन गरिने बताउनुभयो ।

डिल्लीराज, उमेश र दान बहादुर एकै परिवारका दाजुभाइ हुनुहुन्छ । दाजुभाइ मिलेर कोष बनाएको डिल्लीराजले बताउनुभयो । शिखमा जन्मिनुभएको उहाँहरु बेलायतमा बस्नुहुन्छ । कोषको ब्याजबाट विद्यार्थी र शिख्तानी समाजमा धेरै आलु उत्पादन गर्ने कृषकलाई वार्षिक रुपमा पुरस्कृत गर्ने डिल्लीराजले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिन बहादुर बुद्धुजाको अध्यक्षतामा , खेम बहादुर पाईजाको सञ्चालनमा सम्पन्न कार्यक्रम प्रअ केदार बहादुुर कार्कीले आय व्यय विवरण , शैक्षिक र भौतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। विद्यार्थीहरुले गित र नृत्य तथा पिटी परेड प्रस्तुत गरेका थिए । विद्यार्थी र अभिभमवकहरुबीच विभिन्न खेलकुद प्रतियोगिता पनि भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार