बागलुङमा मतदाता नामावली संकलन मंसिर १७ गतेदेखि गरिने

बागलुङ । आसन्न निर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालय बागलुङले मतदाता नामावली संकलन अभियान सुरु गर्ने भएको छ ।

बुधबार जिल्लास्थित सरोकारवाला निकायसँग अन्तिरक्रिया गर्दै जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख ओमनारायण शर्मा ढुंगानाले यही मंसिर १७ गतेदेखि मतदाता नामावली संकलन अभियान सुरु गर्ने जानकारी गराउनुभयो ।

ढुंगानाले जिल्लामा हाल १ लाख ८८ हजार १५ मतदाता रहेको र ३ हजार ४७० जना नयाँ थपिने बताउनुभाये। उहाँले नामावाली संकलन कार्यक्रम दुई चरणमा गरिने समेत जानकारी दिनुभयो । पहिलो चरण मंसिर १७ देखि २६ र दोस्रो चरण २८ गतेदेखि सुरु हुने बताउनुभयो ।

पहिलो चरणमा तमानखोला गाउँपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिका र जैमिनी नगरपालिका र दोस्रो चरणको २८ गतेबाट निसीखोला गाउँपालिका, ताराखोला गाउँपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकामा गरिने जानाकारी दिनुभयो। मतदाता नामावली दर्ता गर्न छुट भएका व्यक्तिहरुले जिल्ला निर्वाचन कार्यालयमा आई नाम दर्ता गर्न सकिने बताउनुभयो ।

नामावली दर्ता जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय बुर्तिबाङबाट निरन्तर चलिरहने ढुंगानाले बताउनुभयो । मतदाता नामावली दर्ताका लागि नेपाली नगारिकताको प्रमाण–पत्रको सक्कल र प्रतिलिपि साथमा लिइ जानु पर्ने उहाँको भनाइ छ । मतदाता नामावली दर्ता गर्न छुटेका व्यक्तिहरुले जिल्ला बाहिर वा आफू रहेको ठाउँबाट पनि दर्ता गर्न सक्नेछन् । २०७७ पुष महिनासम्म जिल्लाका १ लाख ८८ हजार १५ जना मतदाता नामावलीमा समावेश भएका छन् भने त्यस पछिको अवधिमा ३ हजार ४७० थपिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार