राप्रपा अध्यक्षमा उम्मेदवारी दर्ता शुल्क १ लाख

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दर्ता शुल्क रु १ लाख रुपैयाँ तोकिएको छ ।

निर्वाचन समितिका संयोजक निरञ्जन थापाका अनुसार उपाध्यक्षमा उम्मेदवारी दिन ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्यका लागि १५ हजार रुपैयाँ शुल्क तोकिएको हो ।

बुधबार सुरु भएको राप्रपा महाधिवेशनले अध्यक्ष, १ महिलासहित ४ जना उपाध्यक्ष, १ महिलासहित ३ जना महामन्त्री र १४१ जना केन्द्रीय सदस्य निर्वाचनबाट चयन हुँदैछन् ।शुक्रबारदेखि मात्र निर्वाचन कार्यक्रम सुरु हुने निर्वाचन समितिका संयोजक थापाले बताउनुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार