थप ३१५ जनामा कोरोना संक्रमण, ६ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ४ सय ३ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ सय १ जना निको भएका छन् । मन्त्रालयका अनुसार हालसम्म ८ लाख ३ हजार ३ सय ६९ संक्रमित निको भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ७ हजार ४५ रहेको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय ३५ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार