तेह्रथुम कारागारमा नाइके र कैदीबन्दीबीच झगडा

काठमाडौं । तेह्रथुम स्थित कारागार कार्यालयका नाइके र कैदी बन्दबीच झगडा भएको छ । गएराति झगडा भएपछि त्यहाँ खटिएका सुरक्षाकर्मीले उनीहरुलाई झ​गडा नगर्न आग्रह गरेका थिए ।

कारागार प्रशासन र जिल्ला प्रहरी कार्यालयको टोली पुगेर अहिले झगडाको कारणबारे छलफल गरिरहेको छ । नाइके र कैदीबन्दीको बिचमा झगडा भएको प्रारम्भिक सोधपुछबाट थाहा भएको निमित्त जेलर हरिकृष्ण ढकालले बताउनुभयो । कारागारका जेलर गणेश न्यौपाने बिदामा छन् । झगडा गर्ने दुवै पक्षसँग छलफलपछि समस्या समाधानको निकास खोजिने निमित्त जेलर ढकालले बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार