जन्मदिनको अवसरमा शान्ति कोषलाई ५० हजार सहयोग

म्याग्दी । आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार सहर देखी गाउँसम्म बढ्दै गएको छ । धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर उत्सवको रुपमा मनाउनेहरूको विचमा म्याग्दीका एक व्यक्तिले जन्मदिनको अवसरमा म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई सहयोग गरी मनाउनुभएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं १ दोवाका तुल्मराज राम्जालीले विपन्नको उपचारमा सहयोग गर्ने गरी कोषलाई ५० हजार सहयोग कोषका अध्यक्ष राजेश शाक्य र कोषाध्यक्ष विनय श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो । जन्मदिनको अवसरमा हुने विभिन्न खर्चप्रति कुनै मोह नभएको र सामाजिक संघसंस्थामै सहयोग गरी मनाउने चाहना अनुसार सहयोग गरेको राम्जालीको भनाई छ । सोही अवसरमा कोषले आफ्नो विधान अनुसार सहयोगदाता राम्जालीलाई गोल्डेन संरक्षक सदस्यता प्रदान गरेको छ ।

व्यक्तिगत रुपमा ५० हजार सहयोग गर्नेलाई उक्त सम्मान गरिन्छ । सोही अवसरमा उज्यालो बैकल्पिक विद्यालयलाई राम्जालीले १० हजार, मोना हङकङ महिला विभागबाट ५ हजार १८० र मोना हङकङका पूर्व अध्यक्ष दल शेरबुर्जाको ५ हजार हस्तान्तरण गदै भविस्यमा पनि सहयोगको प्रतिबद्धता जनाउनुभएको थियो । स्वागत तथा सहयोग हस्तान्तरण कार्यक्रमको अध्यक्षता कोषका अध्यक्ष शाक्य, स्वागत प्रथम उपाध्यक्ष हरिकृष्ण गौतम र सञ्चालन सचिव लोकेश पुनमगरले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार